एनआइबीएल प्रगति फन्डको ५१ करोड ८७ लाख रुपैयाँ सेयर बजारमा लगानी


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
एनआइबीएल प्रगति फन्डको ५१ करोड ८७ लाख रुपैयाँ सेयर बजारमा लगानी

 काठमाडौं : कात्तिक महिनामा एनआइबीएल प्रगति फन्डको प्रतिइकाई खुद मूल्य (न्याभ) ७ रुपैयाँ ६३ पैसा कायम भएको छ । असोज मसान्तमा पनि यसको न्याभ ७ रुपैयाँ ६३ पैसा नै थियो । यस फन्डले ५२ करोड २ लाख १० हजार ७४४ रुपैयाँ सूचीकृत सेयरमा लगानी गरेको छ । अघिल्लो महिनाको तुलनामा सेयर लगानी ०.२८% ले वृद्धि भएको हो ।
 
अघिल्लो महिना यसको सूचीकृत सेयरमा ५१ करोड ८७ लाख १३ हजार २४७ रुपैयाँ लगानी रहेको थियो । कात्तिक मसान्तसम्म आइपुग्दा फन्डले ८१ वटा सूचीकृत कम्पनीमा लगानी गरेको छ । यसअवधिमा सबैभन्दा धेरै लगानी नबिल बैंकको सेयरमा रहेको छ । नबिलको ३४ हजार २५८ कित्ता सेयरमा २ करोड ५६ लाख ५९ हजार २४२ रुपैयाँ लगानी गरिएको छ ।
 

Read More
  • MBL