मानव कल्याण समाजलाई नेपाल बैंकको सहयोग


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
मानव कल्याण समाजलाई नेपाल बैंकको सहयोग

काठमाडौं (अस) । नेपाल बैंकले आफ्नो ८३औं वार्षिकोत्सवको अवसरमा मानव कल्याण समाज (सेवा घर)लाई आर्थिक सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित समाजलाई सहयोग गरेको हो । 

उक्त समाजमा आश्रय लिई बसेका आमा–बुवाको स्वास्थ्य र सरसफाइका लागि बैंकले रू. ३ लाख आर्थिक सहयोग गरेको बताएको छ । उक्त सहयोग रकम बैंकको प्रदेश नं. ३ कार्यालयका प्रमुख सुन्दर पन्थीले समाजकी सञ्चालक सुमित्रा चौलागाईलाई हस्तान्तरण गरे । 

मानव सेवा नै माधव (भगवान्) सेवा भएकोले उक्त समाजलाई सघाउन पाएकोमा पन्थीले खुशी व्यक्त गरे । त्यस्तै, समाजकी अध्यक्ष चौलागाईले सहयोगका निम्ति बैंकलाई धन्यवाद ज्ञापन गरिन् ।

Read More
  • MBL