साना किसानको २८.६८% लाभांश घोषणा



Nepali Paisa

काठमाडौं : साना किसान विकास लघुवित्त वित्तीय संस्थाले २८.६८% लाभांश दिने घोषणा गरेको छ । कम्पनीको शनिबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट २७.२५% बोनस सेयर र कर प्रयोजनार्थ १.४३४% नगद लाभांश दिने निर्णय गरेको हो । नियामक राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ ।

गत वर्ष कम्पनीले २५% बोनस सेयर र १.३२% नगद लाभांश वितरण गरेको थियो ।हाल यस कम्पनीको चुक्ता पुँजी ७८ करोड ६० लाख रुपैयाँ रहेको छ । बोनस वितरणपछि चुक्ता पुँजी १ अर्ब २ लाख रुपैयाँ नाघ्नेछ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १३ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । 

Read More
  • Financial Notices