स्ट्याण्डर्ड चार्टर्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
स्ट्याण्डर्ड चार्टर्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

स्ट्याण्डर्ड चार्टर्ड बैंक (SCB) ले गत आर्थिक वर्ष २०७५/७६ मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने घोषणा गरेको लाभांश सुरक्षित गर्न मंसिर ८ गते आइतबार (आज) अन्तिम दिन हो।

बैंकको सञ्चालक समितिको कात्तिक ४ गतेसम्पन्न ३८७ औँ बैठकले २२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो। ८ अर्ब १ करोड १४ लाख ३१ हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले १ अर्ब ८० करोड २५ लाख ७२ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ।

सो लाभांश प्रस्ताव पारित गर्न बैंकले मंसिर २३ गते सोमबार ३३ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ। साधारण सभा तथा नगद लाभांश वितरण प्रयोजनको लागि बैंकले मंसिर ९ गते सोमबारदेखि बुक क्लोज गर्ने भएका कारण मंसिर ८ गतेसम्म कायम शेयरधनीहरुले लाभांश प्राप्त गर्न सक्नेछन्।

मंसिर ५ गते बिहीबार दोस्रो बजारमा बैंकको शेयर ५५० रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

Read More
  • MBL