काठमाण्डौ । एनएमबी बैंक लिमिटेड कोष प्रवद्र्धक तथा एनएमबी म्युचअल फन्ड योजना व्यवस्थापक रहेको एनएमबी सुलभ इन्भेस्टमेन्ट फन्ड १ को स्वामित्व रहेको विभिन्न बैंक तथा वित्तीयको सेयर र ऋणपत्रहरु आज बिहीबारबाट लिलामी प्रक्रियामार्फत बिक्री खुलाएको छ ।
एनएमबी सुलभ इन्भेस्टमेन्ट फन्ड १ ले विभिन्न बैंक तथा वित्तीयमा आफ्नो स्वामित्वमा रहेको ४७ हजार ६७० कित्ता सेयर र १ लाख ७४ हजार इकाइ ऋणपत्र लिलामी प्रक्रियामार्फत बिक्री खुलाएको हो ।
एनएमबी सुलभ इन्भेस्टमेन्ट फन्ड १ ले आफ्नो स्वामित्वमा रहेको कैलाश विकास बैंक लिमिटेडको १५८५८, सहयोगी विकास बैंक लिमिटेडको १५ हजार ४०, एनएमबी बैंक लिमिटेडको ९ हजार ६६८, छिमेक लघुवित्त वित्तीय संस्थाको २ हजार १८५ र ग्लोबल आईएमई बैंक लिमिटेडको २ हजार २५५ कित्ता सेयर लिलामीमा राखेको छ । यी बैंैक तथा वित्तीय संस्थाको सेयरको मूल्य न्यूनतम प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले गोप्य शिलबन्दी पेस गर्दा प्रतिकित्ता १०० रुपैयाँभन्दा माथि बोलकबोल पेस गर्नुपर्ने छ भने न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् र सोभन्दामाथि १० अंकले भाग जाने गरी अधिकतम कित्ताका लागि आवेदन दिन सकिनेछन् ।








