सरकारी स्वामित्वको जीबन बीमा कम्पनी राष्ट्रिय बीमा संस्थानको जीवन बीमा कोषको आकार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २४ अर्ब ३९ करोड २३ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको यसै अवधिकोे तुलनामा संस्थानको जीवन बीमा कोष ८ अर्ब १७ करोड ८४ लाख रुपैयाँले बढेको हो।
गत वर्षको यस अपधिमा इन्स्योरेन्सको जीवन बीमा कोषमा १६ अर्ब २१ करोड ३९ लाख रुपैयाँ संचित थियो।
चुक्ता पूँजी १८ करोड १० लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा १८ करोड ७२ लाख रुपैयाँ संचित छ।
संस्थानले यस अवधिमा ४ अर्ब ९ करोड ९० लाख खुद बीमा शुल्क आर्जन गरेर गरेको छ। यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ३ अर्ब ३० करोड ४२ लाख रुपैयाँले बढी हो। गत वर्षको यस अवधिमा संस्थानले ७८ करोड ५९ लाख रुपैयाँ मात्रै खुद बीमा शुल्क आर्जन गरेको थियो।
नागरिक लगानी कोषले प्रदान गर्दै आएको राष्ट्रसेवक कर्मचारीको बीमा सेवा यस आर्थिक वर्षदेखि राष्ट्रिय बीमा संस्थानलाई हस्तान्तरण भएकोले खुद बीमा शुल्क उल्लेख्य बढेको हो। संस्थान राष्ट्र सेवक कर्मचारीहरुबाट ३ अर्ब ८ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको संस्थानले जनाएको छ।
यस अवधिमा संस्थानले बीमाङ्कीय मूल्याङ्कन अघि एक करोड ७४ लाख ८० हजार रुपैयाँँ खुद नाफा कमाएको छ । जुन गत वर्षको यसै अवधिको तुलनामा २९५.८३ प्रतिशत अर्थात एक करोड ३० लाख ६४ हजार रुपैयाँले बढी हो ।