नेपाल राष्ट्र बैंकले ३ अर्ब ८५ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दै, अपरान्ह २ बजे बोलकबोल !


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
नेपाल राष्ट्र बैंकले ३ अर्ब ८५ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दै, अपरान्ह २ बजे बोलकबोल !

काठमाडौं । नेपाल राष्ट्र बैंकले ३ अर्ब ८५ करोड ५० लाख रपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिन र १ सय ८२ दिन अवधिको ट्रेजरी बिल बोलकबोल प्रक्रियामार्फत विक्री गर्न लागेको हो ।
९१ दिन अवधिको लागि २ अर्ब रुपैयाँ र १ सय ८२ दिनको लागि १ अर्ब ८५ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल विक्री गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ । यस्तै राष्ट्र बैंकले ९१ दिन अवधिको ट्रेजरी बिल आगामी फागुन ६ गते र १ सय ८२ दिन अवधिको २०७७ जेठ ६ गते परिपक्व हुने पनि जनाएको छ ।

Read More
  • MBL