नेपाल बैंकको लाभांश घोषणाले सेयर बजारमा थपियो यस्तो रौनकता


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
नेपाल बैंकको लाभांश घोषणाले सेयर बजारमा थपियो यस्तो रौनकता

काठमाडौं : नेपाल बैंकले दुई दशकपछि लाभांश घोषणा गर्दा यसले सेयर बजारमा रौनकता थप्ने संकेत देखिएको छ । लाभांश घोषणा गरेको खबर सार्वजनिक हुने बित्तिकै यस बैंकको सेयरमा लगानीकर्ता झुम्मिएका छन् । यससँगै अन्य बैंक तथा वित्तीय संस्था, उत्पादनमूलक लगायतका कम्पनीहरुमा पनि लगानीकर्ताको आकर्षण बढेको देखिन्छ ।

नेपाल बैंकमा उच्च कारोबार भइरहँदा खरिदबिक्री रकम पनि ह्वात्तै माथि लागेको छ । नेप्सेमा कारोबार खुला भएको करिब १ घन्टा अवधिमै ८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भइसकेको छ । यही अनुपातमा बाँकी अवधि पनि सेयर खरिदबिक्री हुने हो भने कारोबार रकममा सोमबार थप तेजी आउने देखिन्छ । खरिदबिक्री रकममा आकर्षण बढ्दै जानुले पुँजी बजारमा सकारात्मक संकेत गर्दछ ।

Read More
  • EBL Ad news