काठमाडौं - नेपाल बैंक लिमिटेडले २५ लाख कित्ता ऋणपत्र जारी गर्ने भएको छ । बैंकले उक्त ऋणपत्र जारी गर्नको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा नविल इन्भेष्टमेन्ट बैकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।
नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र नबिल इन्भेष्टमेन्ट बैंकिंगका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठका बीच डिबेन्चर निष्काशन तथा बिक्री प्रबन्धकको काम गर्ने बारे समझदारी पत्रमा हस्ताक्षर भएको छ ।








