शिखर इन्स्योरेन्सको नाफा १५% बढ्यो, प्रतिशेयर आम्दानी कति ?


  • KBL Ad
  • Prabhu Bank Limited (PRVU)
शिखर इन्स्योरेन्सको नाफा १५% बढ्यो, प्रतिशेयर आम्दानी कति ?

शिखर इन्स्योरेन्स (SICL) ले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १२ करोड १४ लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा समीक्षा १४.८५ प्रतिशतले बढी हो।

गत आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले १० करोड ५७ लाख १४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ४५ रुपैयाँ ९ पैसा छ। गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीको वार्षिक इपिएस ३९ रुपैयाँ ९९ पैसा रहेको थियो। इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ २६१ रुपैयाँ ६ पैसा र मूल्य आम्दानी अनुपात १५.७८ गुणा छ।

यस अवधिमा इन्स्योरेन्सले ४५ करोड ८३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ४५ करोड ८० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको इन्स्योरेन्सले ३ लाख ५६ हजार रुपैयाँले बढी हो। गत वर्ष ४५ करोड ८० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो।

इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा पुनर्बीमा कमिशनबाट १२ करोड ८७ लाख रुपैंया, लगानी कर्जा तथा अन्य आयबाट ५ करोड २७ लाख रुपैयाँ आम्दानी गरेको छ।

चुक्ता पूँजी एक अर्ब पाँच करोड ७३ लाख १० हजार रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा ५१ करोड ७७ लाख रुपैयाँ, बीमा कोषमा एक अर्ब १८ करोड रुपैयाँ, महाविपत्ती कोषमा ७ करोड ३३ लाख रुपैयाँ सञ्चित छ।

Read More
  • EBL