स्टान्डर्ड चार्टर्डले तोक्यो बुक क्लोज मिति, लाभांश पाउन कहिलेसम्म बन्ने सेयरधनी


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
स्टान्डर्ड चार्टर्डले तोक्यो बुक क्लोज मिति, लाभांश पाउन कहिलेसम्म बन्ने सेयरधनी

 काठमाडौं : स्टान्डर्ड चार्टर्ड बैंकले मंसिर २३ गते वार्षिक साधारण सभा बोलाएको छ । सभामा बैंकले २२.५०% नगद लाभांश दिने प्रस्ताव पेश गर्नेछ । बैंकले गत वर्षको नाफाबाट यो नगद लाभांश वितरण गर्न लागेको हो । साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर ९ गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्नेछ । मंसिर ८ गतेसम्म कायम सेयरधनीले लाभांश पाउन सक्नेछन् ।
 
सभामा बैंकको नियमावली संसोधन गर्ने प्रस्ताव पनि पेश हुँदैछ । आर्थिक वर्ष २०७५–७६ को नाफा नोक्सान सम्बन्धी हिसाबकिताबका सम्बन्धमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०७६–७७ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।

 

Read More
  • MBL