नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले बोलायो साधारण सभा,२० प्रतिशत लाभांश पारित गर्ने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले बोलायो साधारण सभा,२० प्रतिशत लाभांश पारित गर्ने

नबिल बैंकको सहायक कम्पनी नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटडले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीहरुलार्य लाभांश वितरण गर्न कम्पनीको दशौं वार्षिक साधारणसभा आह्वान गरेको छ। क्यापिटलले मंसिर १८ गते कम्पनीको सभाकक्ष नक्सालमा साधारण सभा बोलाएको हो।

साधारण सभामा क्यापिटलले गत आर्थिक वर्षको कमाईबाट कम्पनीका शेयरधनीहरुलाई चुक्ता पूँजीको २० प्रतिशतले हुन आउने ४ करोड रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाने भएको छ। 

त्यसैगरी सभामा लेखापरीक्षक नियुक्त गर्ने, आर्थिक वर्ष २०७६ को असाढ मसान्तको वसलात, नाफा नोक्सान तथा नगद प्रवाहको विवरण छलफल गरी पारित र नियामक निकायको निर्देशनअनुरुप आफ्नो प्रबन्धपत्र तथा नियमावलिमा संशोधन गर्ने प्रस्ताव लैजाँदैछ।

Read More
  • MBL - below news