नेपाल बैंक लिमिटेडले ल्यायो ‘ग्रिन सेभिङ निक्षेप योजना’, यस्ता छन् विशेषताहरु ! (भिडियो रिपोर्ट)


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
 नेपाल बैंक लिमिटेडले ल्यायो ‘ग्रिन सेभिङ निक्षेप योजना’, यस्ता छन् विशेषताहरु ! (भिडियो रिपोर्ट)

काठमाडौँ । नेपाल बैंक लिमिटेडले ‘ग्रिन सेभिङ निक्षेप योजना’ ल्याएको छ । नेपाल बैंक लिमिटेडले आफ्नो स्थापनाको ८३ औं वार्षिकोत्सवको अवसर पारेर आगामी कार्तिक ३० गतेदेखि लागू हुने गरी सो योजना ल्याएको हो । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले यस योजनाबाट संकलित भएको रकम नविकरणीय उर्जा र वातावरण मैत्री क्षेत्रमा लगानी गर्ने जानकारी दिनुभयो । न्यूनतम २५ हजारमा बचत खाता खोली यो निक्षेप योजनामा सहभागी हुन सकिनेछ ।
उक्त योजनामा सहभागी हुने निक्षेपकर्तालाई बैंकले ६ दशमलव ५ प्रतिशत व्याजदर उपलब्ध गराउने आकर्षक योजना पनि तय गरेको छ । बैंकका प्रवक्ता अधिकारीले सो योजनामा सहभागी हुने निक्षेपकर्तालाई बैंकले निःशुल्क एटिएम कार्ड, ५० हजारसम्मको औषधि उपचारको व्यवस्था तथा ५० लाखसम्मको दुर्घटना विमालगायतका सेवा उपलब्ध गराउने व्यवस्था पनि गरिएको बताउनुभयो ।

Read More
  • EBL Ad news