काठमाडौं : प्राइम कमर्सियल बैंकले आर्थिक वर्ष २०७६–०७७ को पहिलो त्रैमाससम्म आइपुग्दा ६५ करोड ९७ लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षभन्दा १३.३७% ले बढी हो । गत वर्ष यसैअवधिमा यसले ५८ करोड १९ लाख २९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसको वितरण योग्य नाफा २२ करोड ८८ लाख ४३ हजार रुपैयाँ रहेको छ ।
प्राइमको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेको छ । यसले पनि खुद नाफा बढाउन सहयोग पुगेको हो । यता चुक्ता पुँजीको आधारमा खुद नाफा बढ्न नसक्दा भने प्रतिसेयर आम्दानी केही घटेको छ । असोज मसान्तसम्म आइपुग्दा चुक्ता पुँजी २०.५८% ले बढेको छ । यसको प्रतिसेयर आम्दानी २७ रुपैयाँ २४ पैसा र प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ ०८ पैसा छ ।