प्रभु बैंकको नाफा ६२ करोड ८४ लाख भन्दा धेरै


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
प्रभु बैंकको नाफा ६२ करोड ८४ लाख भन्दा धेरै


काठमाडौं : प्रभु बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६२ करोड ८४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा रकम गत वर्षको यही अवधिको भन्दा ५.०१% धेरै हो । गत वर्ष बैंकले ५९ करोड ८४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
 
बैंकले खुद ब्याज आम्दानी २४.१०% र सञ्चालन नाफा ९.०१% ले बढाउन सफल भएको छ । यस्तै प्रभुले निक्षेप संकलन, कर्जा लगानी लगायत अन्य महत्वपूर्ण सूचकहरुमा पनि सुधार गरेको छ ।
 
बैंकले हाल कायम ८ अर्ब ८९ करोड २६ लाख रुपैयाँ चुक्ता पुँजीबाट १६% बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । यस्तै, कर तिर्न ०.८४२% नगद लाभांश दिने जनाएको छ । बोनस वितरणपछि पुँजी १० अर्ब ३१ करोड ५५ लाख २ हजार रुपैयाँ पुग्नेछ ।

Read More
  • MBL