छिमेक लघुवित्तको क्रमबद्ध प्रगति कायमै, प्रतिशेयर आम्दानी १३ रुपैयाँ बढ्यो



Mero Lagani

छिमेक लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २२ करोड २६ लाख १७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। लघुवित्तको यो नाफा गत आवको यसै अवधिको तुलनामा ४२.५६ प्रतिशत अर्थात ६ करोड ६४ लाख ५५ हजार रुपैयाँले धेरै हो।

अघिल्लो आवबाट १८ प्रतिशत बोनस वितरण गरि एक अर्ब १८ करोडमा चुक्ता पूँजी रहेको लघुवित्त कम्पनीको वार्षिक प्रतिशेयर आम्दानीमा १३ रुपैयाँले सुधार भई ७५ रुपैयाँ ४६ पैसा कायम भएको छ।

लघुवित्तको चुक्ता पूँजीभन्दा जगेडा कोष मजबुत छ। लघुवित्तको जगेडा कोष ४० प्रतिशतको बढोत्तरी भई १ अर्ब ८६ करोड २८ लाख रुपैयाँ सञ्चित भएको छ।

गत आर्थिक बर्षको मुनाफाबाट कम्पनीले २७.१२ प्रतिशत बोनस र १७.२२ प्रतिशत नगद गरि ४४.३४ प्रतिशत वितरण गर्ने प्रस्ताव गरेको छ । जुन बोनस पूँजीकरण हुन बाँकी छ।

छिमेकले यस अवधिमा निक्षेप २८ र कर्जा लगानी प्रतिशत धेरैले विस्तार गर्दा उसको खुद ब्याज आनम्दानीम पनि करिब २६ प्रतिशतको वृद्धि हासिल भएको छ। असोज मसान्तसम्म लघुवित्तले १६ अर्ब ५ करोड ३८ लाख रुपैयाँ निक्षेप संकलन तथा ४ अर्ब ५५ करोड ३६ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुबाट सापटी लिएर १९ अर्ब ७९ करोड २ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

Read More
  • Financial Notices