नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको १४.५ % लाभाँश पारित



Aarthik Abhiyan

कात्तिक २४, काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आव २०७४ / ७५ को वार्षिक साधारण सभा आइतवार भइरहेको  छ ।

कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडौंमा  आयोजित सभाले प्रस्तावित १२ प्रतिशत नगद लाभांश र २ दशमलव ५ प्रतिशत बोनस शेयर भने पारित गरेको छ ।  

साथै सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित, लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण लगायत शेयर स्वामित्व संस्थापकतर्फ ५१ प्रतिशत र सर्वसाधारण तर्फ ४९ प्रतिशत कायम गर्न प्रबन्धपत्र र नियमावली संशोधनको प्रस्ताव पनि सभामा पेश हुँदैछ । 

Read More
  • Financial Notices