नेशनल लाइफको साधारण सभा आइतवार, १४.५ प्रतिशत लाभांश पारित हुँदै



Aarthik Abhiyan

कात्तिक २२, काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आव २०७४/७५ को वार्षिक साधारण सभा आइतवार (कात्तिक २४) गते गर्न लागेको छ । सभा कम्पनीको केन्द्रिय कार्यालय लाजिम्पाट, काठमाडौंमा बिहान १०ः३० बजे शुरु हुनेछ । उक्त सभाले प्रस्तावित १२ प्रतिशत नगद लाभांश र २ दशमलव ५ प्रतिशत बोनस शेयरलाई अनुमोदन गर्नेछ । 

साथै, सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित, लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण लगायत शेयर स्वामित्व संस्थापकतर्फ ५१ प्रतिशत र सर्वसाधारण तर्फ ४९ प्रतिशत कायम गर्न प्रबन्धपत्र र नियमावली संशोधनको प्रस्ताव सभाका लागि तय भएको छ । 

Read More
  • Financial Notices