सहयोगी विकास बैंकका सञ्चालक सदस्य दीपेन्द्रकुमार यादव ‘दिपु’ लाई पुर्पक्षका लागि जेल परेका छन् । जिल्ला अदालतत धनुषाले जग्गा जालसाजी तथा ठगी गरी बिक्री गरेको अभियोगमा उनलाई पुर्पक्षका लागि जेलमा राख्ने आदेश दिएको हो । उनीमाथि बैंकबाट कर्जा लिन राखेको धितो जग्गा जालसाजी तथा ठगी गरी बिक्री गरेको आरोप छ ।







