काठमाडौं : नेपाल बैंकको आर्थिक वर्ष २०७६–०७७ को पहिलो त्रैमाससम्म आइपुग्दा अधिकांश सूचक घटेको छ । यसअवधिमा बैंकको खुद नाफा ३६.३३% ले घटेर ५८ करोड १८ लाख २३ हजार रुपैयाँमा आएको छ । गत वर्ष यसैअवधिमा बैंकले ९१ करोड ३८ लाख ८३ हजार रुपैयाँ नाफा कमाएको थियो । असोज मसान्तसम्ममा बैंकको वितरण योग्य नाफा ६ करोड ५६ लाख ६५ हजार रुपैयाँ रहेको छ ।
बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै घटेकोले पनि खुद नाफा घटेको हो। यसको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः ३.०४% र ५२.३५% ले घटेको छ । यता, खुद नाफा घट्नुको असर बैंकको प्रतिसेयर आम्दानीमा देखिएको छ । असोज मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ५४ पैसाले घटेर २३ रुपैयाँ ७२ पैसामा आएको छ । यसअवधिमा यसको प्रतिसेयर नेटवर्थ २९९ रुपैयाँ ८१ पैसा रहेको छ ।








