नेपाल राष्ट्र बैंकले साढे एक अर्ब बढी लगानी गर्ने


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
नेपाल राष्ट्र बैंकले साढे एक अर्ब बढी लगानी गर्ने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले साढे एक अर्ब भन्दा बढी लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपको रुपमा सो लगानी गर्न लागेको हो । एक बर्षे मुद्दती निक्षेपमा राखिने सो रकमको ब्याज भुक्तानी त्रैमासिक हुने गरी राखिने केन्द्रीय बैंकले जनाएको छ । 

मंसिर १ देखि २०७७ कात्तिक ३० गतेसम्मका लागि राखिने मुद्दती निक्षेपका लागि यही कात्तिक २२ गतेसम्म शिलबन्दी फारम भरी नेपाल राष्ट्र बैंकमा बुझाउनु पर्नेछ  ।

 केन्द्रीय बैंकले क वर्गको बाणिज्य बैंकमा १ अर्ब ३१ करोड १६ लाख, ख बर्गको विकास बैंकमा २४ करोड ५९ लाख ग वर्गको फाइनान्स कम्पनीमा ८ करोड १९ लाख गरी १ अर्ब ६३ करोड ९४ लाख रुपैयाँ लगानी गर्न लागेको हो । 

Read More
  • MBL