नेपाल बैंकका प्रबन्धकले गरे हिनामिना


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
नेपाल बैंकका प्रबन्धकले गरे हिनामिना

नेपाल बैंकका वरिष्ठ प्रबन्धक भूपराज कोइरालाले कृत्रिम निक्षेप देखाएर ब्याज लिने र बढी भएको ब्याज आफ्नो खातामा स्थानान्तरण गरी ६० देखि ७० लाख रुपैयाँसम्म हिनामिना ।

काठमाडौँ — नेपाल बैंकका कर्मचारी भूपराज कोइरालाले आर्थिक अनियमितता गरेको खुलासा भएको छ । कोइरालाले विभिन्न शाखामा प्रमुख रहँदा वास्तविकभन्दा बढी मुद्दती निक्षेप देखाएर बैंकबाट ब्याज असुल्ने र बढी भएको ब्याज आफ्नो खातामा स्थानान्तरण गरी अनियमितता गरेको आरोप बैंकले लगाएको छ ।

कोइरालाले करिब ६० देखि ७० लाखसम्म हिनामिना गरेको बैंकको प्रारम्भिक प्रतिवेदनले देखाएको छ । ‘कम्तीमा करिब ६० लाख रुपैयाँ हिनामिना भएको देखिएको छ,’ स्रोतले भन्यो, ‘अझै अनुसन्धान बाँकी रहेकाले रकम अझै बढ्न सक्छ ।’ हाल यो मुद्दा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ । कोइरालालाई बैंकले निलम्बन गरिसकेको छ ।
लेखा परीक्षणका क्रममा दोषी भेटिएपछि थप अनुसन्धानका लागि सीआईबीलाई आग्रह गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले स्वीकार गरे । ‘आन्तरिक लेखा परीक्षणका क्रममा दोषी देखियो,’ उनले भने, ‘सम्बन्धित कर्मचारीलाई निलम्बन गरिएको छ भने बैंकिङ कसुरको अभियोगमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।’

कोइराला नेपाल बैंकका नवौं तहका कर्मचारी हुन् । ०६१ सालमा कोइराला छैटौं तहबाट नेपाल बैंकमा प्रवेश गरेका थिए । गत साउनदेखि उनी बैंकमा कर्णाली प्रदेश प्रमुखको जिम्मेवारीमा थिए । त्यसअघि उनी भक्तपुर, डिल्लीबजारलगायत शाखा प्रमुख थिए । सोही समयमा पदीय दुरुपयोग गरी कोइरालाले आर्थिक अनियमितता गरेको देखिन्छ । ‘कोइरालाले ५/७ वर्षअघि देखि नै सो काम आर्थिक हिनामिना गर्दै आएका रहेछन्,’ बैंक स्रोतले भन्यो, ‘पछिल्लो समय डिल्लीबजारको शाखाबाट यो कुरा बाहिरियो ।’

कोइरालाले बैंकको स्वचालित सिस्टमलाई म्यानुअल रूपमा चलाएर बैंकको दायित्व बढी देखाउने र त्यसरी आएको पैसा आफ्नो खातामा स्थानान्तरण गरेको अनुसन्धानका क्रममा देखिएको छ । उनले निक्षेपकर्ताको बचत चलाएका छैनन् । म्यानुअल रूपमा धेरै ब्याज देखाएर बैंकको दायित्व बढाएका छन्, यसले बैंकको खर्च बढाएकाले मुनाफामा असर परेको देखिन्छ । हाल उनी फरार छन् । प्रहरीले उनको खोजी गरिरहेको छ ।

...

Read More
  • EBL Ad news