एनएमबि बैंकको ‘एनएमबि समृद्ध गण्डकी बचत’ सार्वजनिक


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एनएमबि बैंकको ‘एनएमबि समृद्ध गण्डकी बचत’ सार्वजनिक

कात्तिक २०, काठमाडौं । एनएमबि बैंकले गण्डकी प्रदेश केन्द्रीत ‘एनएमबि समृद्ध गण्डकी बचत’ सार्वजनिक गरेको छ ।

ओम डेभलपमेन्ट बैंक र एनएमबि बैंकबीच भएको मर्जरका अवसरमा गण्डकी प्रदेशका ग्राहकहरूलाई विशेष लक्षित गरेर नयाँ बचत खाता ‘एनएमबि समृद्ध गण्डकी बचत’ को घोषणा गरिएको हो ।

एनएमबि र ओमबीचको संयुक्त कारोबार  गत असोज ११ गतेबाट सञ्चालन भइसकेको छ ।

उक्त  बचत खाताले खातावालाको श्रीमान/ श्रीमती र निजको दुई जनासम्म बालबालिकाका लागि रू.१ लाखसम्मको औषधी उपचार बीमा र थप रू.१० लाखसम्मको दुर्घटना मृत्यु बीमा सहितका विशेषताहरूको प्याकेज उपलब्ध गराउने छ । उक्त खातामा एनएमबि डिलाइट डेबिट कार्ड पनि उपलब्ध  छ ।

Read More
  • MBL - below news