नेपाल इन्भेष्टमेण्ट बैंक र चाईनाको युनियनपे अन्तर्राष्ट्रिय कम्पनीको सहकार्यमा एनआईबीएल युनियनपे कार्ड प्रारम्भ


  • NABIL Bank Ads
  • MBL
  • Laxmi Sunrise Bank Ad
  • ADBL
नेपाल इन्भेष्टमेण्ट बैंक र चाईनाको युनियनपे अन्तर्राष्ट्रिय कम्पनीको सहकार्यमा एनआईबीएल युनियनपे कार्ड प्रारम्भ

काठमाडौं– नेपाल इन्भेष्टमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र युनियनपे अन्तर्राष्ट्रिय कम्पनीका अध्यक्ष चाय जियाङबो बीच एनआईबीएल युनियनपे कार्ड तथा प्रोडक्टहरु नेपाली बजारमा निकट भविष्यमा प्रारम्भ गर्ने सहमति भएको छ ।

नेपाल इन्भेष्टमण्ट बैंकले आफ्ना चाईना भ्रमणमा जाने ग्राहकहरु र चाईनाबाट नेपाल भ्रमणमा आउने पर्यटकहरुलाई लक्षित गरी नेपाल इन्भेष्टमेण्ट बैंकले अहिले युनियनपे डेविट, क्रेडिट, प्रिपेड ट्राभल कार्ड उपलब्ध गराउँदैछ भने क्यूआर कोड मार्फत पनि भुक्तानी गर्न सकिने सुविधा प्रारम्भ गर्न लागिएको जानकारी गराएको छ । 

नेपाल इन्भेष्टमेण्ट युनियनपे कार्डमार्फत सजिलै एटीएम मेसिनबाट नगद निकाल्न सकिनेछ भने सेवा प्रयोग, सामान खरिद, होटेल, रेष्टुरेन्टको रकम भुक्तानी गर्दा यो कार्डबाट आर्थिक कारोबार गर्न सकिनेछ ।

Read More