फरवार्ड कम्युनिटीको नाफा ४.१६% ले बढ्दा प्रतिसेयर आम्दानी किन घट्यो ?



Nepali Paisa

 काठमाडौं : फरवार्ड कम्युनिटी लघुवित्तको खुद नाफामा सामान्य मात्रै सुधार आएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा खुद नाफा ४.१६% ले बढेर ८ करोड ३७ लाख ८१ हजार रुपैयाँ पुगेको छ । गत वर्ष यसै अवधिमा ८ करोड ४ लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा समान्य सुधार आएको छ ।
 
यता, फरवार्डको प्रतिसेयर आम्दानी भने १८ रुपैयाँ ४५ पैसाले घटेको छ । प्रतिसेयर आम्दानीमा गिरावट आउनुमा चुक्ता पुँजी बढे अनुसार नाफा बढ्न नसक्नु मुख्य कारण देखिएको छ । असोज मसान्तसम्म आइपुग्दा फरवार्डको चुक्ता पुँजी २५.८२% ले बढेको छ । यो अनुसार नाफा नबढेकाले प्रतिसेयर आम्दानी घटेको हो । यसको प्रतिसेयर नेटवर्थ ३५२ रुपैयाँ ७४ पैसा रहेको छ । खराब कर्जा ०.८२% छ ।

 

Read More
  • Financial Notices