कात्तिक १८, काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकको संस्थापक तर्फको २९ हजार ३८० कित्ता शेयर विक्रीमा आउने भएको छ । बैंकले कात्तिक २१ गतेदेखि २८ गतेसम्म उक्त शेयर विक्रीमा ल्याउने भएको हो ।
उक्त शेयर खरीदका लागि योग्य अन्य व्यक्ति, कम्पनी, संघ संस्थाहरुले प्रतिकित्ता के कति दरमा लिन कबुल गर्ने हो खुलाई गोप्य शिलबन्दी आवेदन पेश गर्न बैंकले सूचना मार्फत अनुरोध गरेको छ ।
आवेदन फारम रू.५०० भूक्तानी गरी एनआईबिएल एस क्यापिटल लिमिटेडबाट प्राप्त गर्न सकिनेछ । शेयर खरीदका लागि आवेदन गर्दा न्यूनतम ३००० कित्ताका लागि आवेदन गर्न सकिनेछ भने अधिकतमका लागि कुनै हद तोकिएको छैन ।