समताको खुद नाफा ३६.१५% ले बढ्यो, २००% हकप्रद सेयर पनि बिक्रीमा



Nepali Paisa

काठमाडौं : चालु आर्थिक वर्षको पहिलो त्रैमासमा समता लघुवित्त वित्तीय संस्थाको खुद नाफा ३६.१५% बढेको छ । संस्थाले यस अवधिमा २८ लाख ३६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष यही बेला २० लाख ८३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।  गत वर्ष २८ हजार ७४ हजार सञ्चालन नाफा गरेको समताले यस वर्ष ५०.३५% ह्रास आएर जम्मा १४ लाख २७ हजार रुपैयाँ मात्र सञ्चालन नाफा गरेको छ ।

कम्पनीले खुद ब्याज आम्दानी भने ९९.५३% ले बढाएर २ करोड ३३ लाख ५१ हजार रुपैयाँ पुर्याएको छ । सञ्चालन नाफा घटे पनि ब्याज आम्दानीमा आकर्षक वृद्धि हुँदा खुद नाफा माथि जान सकेको हो । यसको चुक्ता पुँजी ६ करोड ६ लाख ७२ हजार रुपैयाँ छ ।  रिजर्भ कोषमा पनि आर्कषक प्रगति गरेको छ । रिजर्भ कोष गत वर्षको भन्दा २३६.१४% ले बढाएर ८ करोड ३ लाख १८ हजार जम्मा गरेको छ ।

 

Read More
  • Financial Notices