नेपाल लाइफ इन्स्योरेन्सको शाखा डोल्पाको दुनैमा, जोखिम बहन हुने विश्वास


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
नेपाल लाइफ इन्स्योरेन्सको शाखा डोल्पाको दुनैमा, जोखिम बहन हुने विश्वास

काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले डोल्पाको दुनैमा शाखा कार्यालय उद्घाटन गरी कारोबार सुरु गरेको छ । बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईले डोल्पाको दुनै शाखाको विधिवत् उद्घाटन एक कार्यक्रमका बीच गरेका छन् । 

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष चापागाँईले जीवन बिमाले जोखिम बहन गर्नुका साथै बचत गर्ने बानीको पनि विकास हुने भएकोले जोखिम बहनको साथै बचतसमेत हुने बताए । देशव्यापी रुपमा जीवन बिमा क्षेत्रको बजार विस्तारमा नेपाल लाइफले महत्वपूर्ण योगदान पु¥याएको र डोल्पा जस्ता नेपालका अन्य दुर्गम क्षेत्रमा पनि आप्mनो सेवा पु¥याइरहेकोमा नेपाल लाइफलाई धन्यवाद व्यक्त गरे । 

अध्यक्ष चापागाँईले हिमाली जिल्लाको दुरदराजमा पुगेर न्यून आय भएका जनतालाई पनि बिमाको दायरामा ल्याउन सुझाए । अध्यक्ष चापागाईले बिमाको महत्वबारे हिमाली क्षेत्रका बासिन्दालाई बुझाउन आवश्यक रहेको भन्दै डोल्पामा नेपाल लाइफको सेवा प्रवाहले हिमाली क्षेत्रमा बिमाको उपस्थिति बलियो हुने विश्वास व्यक्त गरे । 

कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले तिब्र गतिले बिमा व्यवसाय विस्तार भइरहेको परिप्रेक्षमा एक तिहाई बजार हिस्सा नेपाल लाइफले ओगट्न सफल भई देशको बिमा व्यवसायलाई बढाउन महत्वपूर्ण योगदान पुर्याउन सफल भएको बताए । साथै यो सफलता प्राप्त हुनुमा सबैको विश्वास र भरोसा रहेको बताउँदै, सो विश्वास र भरोसा सदैव कायम राख्न नेपाल लाइफ हरपल लागि पर्ने प्रमुख कार्यकारी अधिकृत झाले प्रतिवद्धता व्यक्त गरे ।

नेपालका दुरदराजसम्म पनि सहज रुपमा बिमा सेवाको पहुँच पुर्याउन सकियोस भनी डोल्पाको दुनैमा शाखा विस्तार गरिएको र नेपालभर नै सेवाको विस्तार गर्ने लक्ष्य नेपाल लाइफको रहेको प्रमुख कार्यकारी अधिकृत झाले जानकारी दिए । 

Read More
  • MBL