राष्ट्रिय बीमा संस्थानले कर्णाली प्रदेशमा पहिलोपटक नयाँ शाखा विस्तार गरेको छ।
संस्थानले कर्णाली प्रदेशअन्तर्गत सुर्खेत जिल्लाको विरेन्द्रनगरमा प्रदेशकै पहिलो शाखा विस्तार गरेको हो।
बीमा क्षेत्रको बढ्दो दायारालाई मध्यनजर गर्दै उक्त प्रदेशमा पहिलोपटक शाखा विस्तार गरेको संस्थानले जानकारी दिएको छ।
संस्थानकाअनुसार यो नयाँ शाखामा अनौपचारीक रुपमा कार्यालयको काम सुरु छ।
यसको औपचारीक उद्घाटन भने गर्न बाँकी रहेको संस्थानले बतायो।