वित्तीय विवरण सार्वजनिक गर्नेमा पहिलो बैंक बन्यो सिटिजन्स बैंक, कति कमायो नाफा ?


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
वित्तीय विवरण सार्वजनिक गर्नेमा पहिलो बैंक बन्यो सिटिजन्स बैंक, कति कमायो नाफा ?


काठमाडौँ । आर्थिक वर्ष २०७६/७७ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्नेमा सिटिजन्स इन्टरनेशनल बैंक पहिलो बैंक बनेको छ । बैंकले यस अवधिमा ३४ करोड ९१ लाख ६९ हजार खुद मुनाफा आर्जन गरेको छ । बैंकको यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा ७ करोड ९६ लाख रुपैयाँले गिरावट आएको हो । गत आवको प्रथम त्रैमासमा बैंकले ४२ करोड ८८ लाख ११ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

बैंकले सार्वजनिक गरेको विवरणअनुसार २१ करोड ३ लाख ६५ हजार रुपैयाँ वितरण योग्य नाफा गरेको छ भने ३३ करोड ७७ लाख खुद नाफा आर्जन गरेको छ । यस्तै गत असोज मसान्तको तुलनामा बैंकको कर्जा ७.३८ प्रतिशतले र निक्षेपमा २.७४ प्रतिशतको मात्र वृद्धि छ । यस अवधिमा बैंकले ७० अर्ब ५० करोड ९० लाख निक्षेप संकलन गरी ७२ अर्ब ४३ करोड ९१ लाख पुर्याएको छ भने ६७ अर्ब ५५ करोड ४१ लाख बराबरको कर्जा लगानी गर्न सफल भएको छ ।

Read More
  • EBL Ad news