सूर्या लाइफले हकप्रद सेयर बाँडफाँटमा नपरेको पैसा कात्तिक १३ बाट फिर्ता दिने


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
सूर्या लाइफले हकप्रद सेयर बाँडफाँटमा नपरेको पैसा कात्तिक १३ बाट फिर्ता दिने

 काठमाडौं : सूर्या लाइफ इन्सुरेन्सले कात्तिक १३ गतेबाट हकप्रद सेयर बाँडफाँटमा नपरेको पैसा फिर्ता गर्ने भएको छ । कम्पनीले आफ्नो हकभन्दा बढी सेयर माग गरी आवेदन दिएका सेयरधनीलाई इन्टर बैंक पेमेन्ट सिस्टम (आइपीएस) मार्फत बैंक खातामा रकम फिर्ता दिने जनाएको छ ।
 
सूर्याले भदौ ८ गतेदेखि असोज १२ गतेसम्म ८८ लाख ७४ हजार ९६ कित्ता (७०%) हकप्रद सेयर बिक्री खुला गरेको थियो । कम्पनीको हकप्रद बुधबार (कात्तिक ६ गते) बाँडफाँट गरिएको हो । हकप्रद बिक्रीपछि यस इन्सुरेन्सको चुक्ता पुँजी २ अर्ब ६ करोड ५८ हजार रुपैयाँ पुगेको छ ।

Read More
  • MBL