कञ्चन डेभलपमेन्ट बैंक (KADBL) ले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा १ करोड ३९ लाख ९२ हजार रुपैयाँ नाफा कमाएको छ। गत आर्थिक वर्षको यसै अवधिको तुलनामा बैंकको खुद नाफा २० लाख ६ हजार रुपैयाँ अर्थात १६.७४ प्रतिशतले बढोत्तरी भएको हो।
गत वर्षको यसै अवधिमा बैंकले १ करोड १९ लाख ८६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
चुक्ता पूँजी ५३ करोड १३ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ८ करोड ४९ लाख रुपैयाँ सञ्चित छ। यस्तै बैंकसँग शेयरधनीलाई बाँड्न मिल्ने रकम ११ करोड ३ लाख रहेको छ । अघिल्लो आवको प्रथम त्रैमासमा यस्तो रकम ९ करोड ६० लाख रहेको थियो।
असोज मसान्तसम्मा बैंकले ५ अर्ब ८१ करोड ५२ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ४ अर्ब ५९ करोड २१ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ। समीक्षा अवधिमा बैंकको निक्षेप संकलन २८ करोड १९ लाख र कर्जा परितनलन ६ करोड ४८ लाख रुपैयाँले बढेको हो।
निक्षेप संकलन र कर्जा प्रवाह वृद्धिबाट व्यवसायको आकार बढ्दा बैंकको खुद ब्याज आम्दानी ४ करोड ८० लाखबाट बढेर ७ करोड २५ लाख पुगेको छ । यस्तै शुल्क कमिशन तथा अन्य आय ३२ लाखबाट एक करोड ५ लाख आर्जन भएको छ ।