लक्ष्मी बैंकद्वारा माइ कार्ड आइडियाज प्रतियोगिताको विजेता घोषित


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
लक्ष्मी बैंकद्वारा माइ कार्ड आइडियाज प्रतियोगिताको विजेता घोषित

काठमाडौं : लक्ष्मी बैंकले सञ्चालन गरेको 'माई कार्ड आइडियाज 'नामक क्राउड सोर्सिङ्ग प्रतियोगिताको विजेताको घोषणा गरिएको छ।  बुधबार काठमाडौंमा आयोजित एक प्रेस सम्मेलनमार्फत डिजाइनर टीशा श्रेष्ठलाई उक्त प्रतियोगिताको विजेताका रुपमा घोषणा गरिएको हो ।

क्राउड सोर्सिङ्गको अवधारणाअन्तर्गत बैंकका ग्राहकको रचनात्मकतालाई उजागर गर्ने अवसर प्रदान गर्दै सहकार्यको माध्यमबाट बैंकको नयाँ भीसा कार्डको डिजाइन बनाउने उद्देश्यका साथ यो प्रतियोगिता सञ्चालन गरिएको थियो।

क्राउड सोर्सिङ्गको अवधारणामा यस्तो प्रतियोगिता गर्ने लक्ष्मी बैंक पहिलो बैंक हो। साधारणतया क्राउड सोर्सिङ्ग भनेको जनसमुदायमाझ निश्चित कार्य आउट सोर्स गर्ने प्रक्रियालाई जनाउँछ। यस प्रतियोगिताअन्तर्गत नेपालका सातैवटा प्रदेशको विविध संस्कृति, सम्पदा र प्राकृतिक सुन्दरता झल्काउने अवधारणा सहितको बैंकको नयाँ भिसा कार्डको डिजाइन आव्हान गरिएको थियो । नयाँ भिसा कार्डले नेपाल भ्रमण वर्ष २०२० को प्रवद्घनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ। 

Read More
  • MBL