एनआईसी एशिया बैंकका ग्राहकलाई खुशीको खबर, अन्तर्राष्ट्रिय हवाई टिकट बुक गर्दा ५ सय रुपैयाँ क्यास ब्याक पाइने !


Banking Sansar 2076-7-4


Banking Sansar

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र संस्कृति इन्फोएज प्रालिबीच बैंकका ग्राहकहरुलाई आन्तरिक र अन्तर्राष्ट्रिय उडानको हवाई टिकट इन्टरनेट बैकिङ्ग, मोबाइल बैकिङ्ग र कनेक्ट आईपीएसमार्फत् बुक गर्दा क्यास ब्याक प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौता बमोजिम बैंकका ग्राहकहरुले एनआईसी एशियाको इन्टरनेट बैकिङ्ग, मोबाइल बैकिङ्ग र कनेक्ट आईपीएस प्रयोग गरी अन्तर्राष्ट्रिय हवाई टिकट बुक गर्दा रु. ५००/- क्यास ब्याक तथा आन्तरिक हवाई टिकट बुक गर्दा रु. ३००/- क्यास ब्याक प्राप्त गर्न सक्ने छन् ।

उक्त क्यास ब्याक सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले आन्तरिक उडानका लागि एनआईसीएनेपाल, भारतका लागि एनआईसीए र अन्य अन्तर्राष्ट्रिय उडानका लागि एनआईसीएएसआईए प्रोमो कोड बुकिङका क्रममा प्रयोग गर्नु पर्नेछ ।

 

Read More
  • Financial Notices