नेसनल लाइफको लाभांश हात पार्न यसकारण बिहीबारभित्रै सेयरधनी बन्नुपर्नेछ


Nepali Paisa 2076-7-4


Nepali Paisa

काठमाडौं : नेसनल लाइफ इन्सुरेन्स कम्पनीको १४.५% लाभांश हात पार्न कात्तिक ९ गते भित्र सेयरधनी बनिसक्नुपर्ने भएको छ । अझै कात्तिक ९ मा शनिबार परेको छ । ८ गते पनि शुक्रबार भएकाले सेयर बजार खुल्दैन । यसर्थ, लगानीकर्ताले कात्तिक ७ गते बिहीबारभित्र सेयरधनी बनिसक्नुपर्ने हुन्छ । यस आधारमा अब सेयरधनी बन्न सोमबारसहित जम्मा ४ दिन मात्र समय बाँकी रहेको छ । 

कम्पनीले साधारण सभा प्रयोजनका लागि कात्तिक १० गते देखि कात्तिक २४ गतेसम्म बुक क्लोज गर्ने भएको छ । नेसनलले कात्तिक २४ गते नै साधारण सभा बोलाएको छ । सभा नेसनल लाइफ भवन, केन्द्रीय कार्यालय, लाजिम्पाट काठमाडौंमा बिहान १०ः३० बजे बस्नेछ । 

कम्पनीले आर्थिक वर्ष २०७४–२०७५ को नाफाबाट १२% नगद र बोनस २.५% बोनस सेयर वितरण गर्न लागेको हो । ३ अर्ब ७४ लाख ४० हजार ५३५ रुपैयाँको नगद लाभांश वितरण गर्नेछ । यस्तै, बोनसमा लाग्ने कर प्रयोजनका लागि ३९ लाख ५७ हजार १५८।५९ रुपैयाँ पनि वितरण गर्नेछ । सञ्चालक समितिका अध्यक्षले पेश गर्ने वार्षिक प्रतिवेदन तथा २०७४–७५ को नाफा नोक्सान हिसाबकिताब सम्बन्धमा छलफल गरी पारित गर्ने एजेन्डा पनि छ ।

 

Read More
  • Financial Notices