नेपाली सेनालाई चीनको करिब साढे दुई अर्ब सहयोग


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
नेपाली सेनालाई चीनको करिब साढे दुई अर्ब सहयोग

काठमाडौँ — चीन सरकारले नेपाली सेनालाई एक सय ५० मिलियन युयान (करिब दुई अर्ब ४० करोड रुपैयाँ) सहयोग गरेको छ । नेपालका तर्फबाट उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल र चीनका रक्षामन्त्री वेई फेन्ग्हेले बेइजिङमा आइतबार आयोजित एक कार्यक्रममा उक्त सहयोगको सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । 

 

उक्त सहयोग अन्तरर्गत चीनले नेपाली सेनालाई मानवीय तथा विपद् व्यवस्थापनका सैन्य सामग्रीहरू उपलब्ध गराउने छ ।

चीनका राष्ट्रपति सी चिनफिङले नेपाल भ्रमणका क्रममा उक्त सहयोग नेपाली सेनालाई उपलब्ध गराउने प्रस्ताव गरेको रक्षा मन्त्रालयले जनाएको छ । यस सम्झौता अन्तर्गत मानवीय तथा विपद् व्यवस्थापका लागि नेपालले प्रस्ताव गर्ने सामग्रीहरूको विवरणको आधारमा प्राोटेकलमा समझदारी गरे बमोजिम आगामि तीन वर्षको अवधिमा नेपाललाई सहयोग हस्तान्तरण हुने उल्लेख छ ।

चीनले नेपाली सेनालाई दिँदै आएको सहयोगको निरन्तरता स्वरुप यो रकम उपलब्ध गराएको हो । रक्षा मन्त्रालयका अनुसार गत वर्ष पनि चीनले नेपाललाई करिब २ अर्ब ४० लाख रुपैयाँ बराबरको मानवीय तथा विपद् व्यवस्थापनसँग सम्बन्धि सहायता सामग्रीहरू उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर भएकोमा त्यो कार्यान्वयनको चरणमा छ ।

Read More
  • MBL