माइक्रोफाइनान्सको मर्जर : लाइसेन्स बुझ्ने वित्तीकै पार्टनरको खोजि


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
माइक्रोफाइनान्सको मर्जर : लाइसेन्स बुझ्ने वित्तीकै पार्टनरको खोजि

लघुवित्त वित्तीय संस्थाहरु खुल्न नपाई मर्जरको योजना बनाउन थालेका छन् । हालै नेपाल राष्ट्रबाट संचालनको अनुमति पाएर कारोबार सुरु गरेका लघुवित्तहरु पनि धमाधम मर्जर सम्झौता गर्न थालेका छन् ।

नयाँ लाइसेन्स दिन रोके पनि राष्ट्र बैंकले पहिले नै आवेदन परिसकेका लघुवित्तलाई र लघुवित्तीय कारोबार गर्ने गैरसरकारी संस्थाहरुलाई लाइसेन्स दिएको थियो । जसअनुसार, गत वर्ष २५ वटा र यस वर्ष दुई वटा नयाँ लघुवित्त संचालनमा आएका छन् । यीमध्ये पनि कतिपय लघुवित्तहरुले मर्जर प्रक्रिया अघि बढाइरहेका छन् भने केही पार्टनरको खोजी गर्दै छन् ।  १८ महिनाअघि संचालनमा आएको रुपन्देहीको मनकामना लघुवित्त र ८ महिना अघि मात्रै गैरसरकारी संस्थाबाट लघुवित्तमा परिणत भएको स्मार्ट लघुवित्तले मर्जर सम्झौता गरी प्रक्रिया अघि बढाएका छन् । गत वर्षको असोज ११ गते संचालनमा आएको स्वेडा लघुवित्त पनि मर्जर प्रक्रियामा छ । स्वेडा विजय लघुवित्तसँग मर्जरमा जाँदैछ । ०७४ सालमा संचालनमा आएका सारथी लघुवित्त र सत्यवती लघुवित्त पनि मर्जरमा जाँदैछन् । मर्जर प्रस्ताव पारित गर्न सारथीले कात्तिक ६ गते विशेष साधारणसभा डाकेको छ ।

Read More
  • MBL