काठमाडौं : नेप्सेमा आइतबार ५ करोड ६० लाख इकाई म्युचुअल फन्ड सूचीकृत भएको छ । सिटिजन्स म्युचुअल फन्ड–२ को इकाई सूचीकृत भएको हो । अब नेप्सेमा यस फन्डको इकाई कारोबार सोमबार ( कात्तिक ४ गते) देखि खुला हुनेछ । फन्डले जेठ ९ गतेदेखि असार ८ गतेसम्म कुल १० करोड इकाई निष्कासन गरेको थियो । तर माग अनुसार आवेदन नपरेपछि फन्डको आकार घटाएर ५ करोड ६० लाख इकाईमा सीमित बनाइएको हो ।
यस फन्डले सर्वसाधारणका लागि कुल ८ करोड ५० लाख इकाई खुला गरेकामा ४ करोड ७ लाख ४६ हजार ६५० इकाईका लागि मात्र आवेदन परेको थियो । सीबीआइएल क्यापिटलको व्यवस्थापनमा सञ्चालन भएको यो दोस्रो स्कीम हो । हाल सिटिजन्स म्युचुअल फन्ड–१ सञ्चालनमा रहेको छ ।








