प्रदेश नं. ५ का सबै स्थानीय तहमा पुगे वाणिज्य बैंकका शाखा, अब कहाँ - कहाँ बाँकी !


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
प्रदेश नं. ५ का सबै स्थानीय तहमा पुगे वाणिज्य बैंकका शाखा, अब कहाँ - कहाँ बाँकी !


काठमाडौं - आम जनताको वित्तीय पहुँचमा प्रदेश नं ५ शीर्ष स्थानमा रहेको छ । नयाँ संविधानअनुसार स्थापित सात प्रदेशमध्ये प्रदेश नं ५ का सबै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाका शाखा खुलेका छन् ।

स्थानीय तहको निर्वाचनका क्रममा ‘गाँउ–गाँउमा सिंहदरबार’ को नारा दिएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लगायतका राजनीतिक दलले जनतासँग गरेको प्रतिबद्धताअनुसार नै बैंक तथा वित्तीय संस्थाका शाखा खोल्न सहजीकरण गरेका छन् ।
केन्द्रीय बैंकले हालै सार्वजनिक गरेको ‘वित्तीय पहुँच विषयक’ प्रतिवेदनमा बैंक तथा वित्तीय संस्थाको शाखा खोल्न र उनीहरुलाई सहजीकरण गर्न प्रदेश नं ५ अग्रस्थानमा रहेको उल्लेख गरेको छ । कूल ७५३ स्थानीय तहमध्ये हालसम्म कूल ७३९ स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाका शाखा खुलेका छन् । बैंकका अनुसार २०७५ असार मसान्तसम्म कूल ६३१ र २०७४ असार मसान्तसम्ममा २९६ स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा खुलेका थिए ।

Read More
  • MBL