नेपाल राष्ट्र बैंकले ७ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्दै, अपराह्न ३ बजे बोलकबोल


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
नेपाल राष्ट्र बैंकले ७ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्दै, अपराह्न ३ बजे बोलकबोल

काठमाडौं - नेपाल राष्ट्र बैंकले ७ अर्ब २० करोड रुपैयाँको ट्रेजरी बिल निष्काशन गर्ने भएको छ । बैंकले यो ट्रेजरी बिल मंगलबार निष्काशन गर्नको लागि सोमबार अपराह्न ३ बजे बोलकबोल गर्ने भएको छ । बैंकले ९१ दिन, १८२ दिन र एक वर्षको लागि ट्रेजरी बिल निष्काशन गर्न लागेको हो ।
नेपाल राष्ट्र बैंकले २०७६ साल माघ ७ गते (९१ दिन) परिपक्व हुने गरि २० करोड रुपैयाँ र २०७७ बैशाख ९ गते  (१८२ दिन) परिपक्क हुने गरि ५ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको छ । त्यस्तै, १ वर्ष अवधिका लागि २ अर्ब रुपैयाँको ट्रेजरी जारी हुने भएको छ । यो ट्रेजरी बिल २०७७ कात्तिकमा परिपक्क हुनेछ ।

Read More
  • MBL