तीन महिनामा साढे ४ प्रतिशत मात्र पुँजीगत खर्च


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
तीन महिनामा साढे ४ प्रतिशत मात्र पुँजीगत खर्च

१ कात्तिक, काठमाडौं । सरकारले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा साढे ४ प्रतिशत मात्र पुँजीगत खर्च गर्न सफल भएको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार साउन–असोजको अवधिमा पुँजीगत खर्च १८ अर्ब ३६ कारोड ७१ लाख रुपैयाँ पुँजीगत खर्च भयो ।

यो कुल लक्ष्यको ४.४१ प्रतिशत मात्र हो । यस आवमा सरकारले ४ खर्ब ८ अर्ब ५९ लाख रुपैयाँ पुँजीगत खर्चको लक्ष्य राखेको छ । त्यसैले बाँकी ९ महिनामा सरकारले ९५ प्रतिशत बजेट खर्च गर्नुपर्ने भएको छ ।

चालु खर्च भने १६.३८ प्रतिशत पुगिसकेको छ । तीन महिनामा १ खर्ब ५६ अर्ब ७१ करोड रुपैयाँ चालु खर्च भएको हो । वित्तीय व्यवस्थामा यस अवधिमा १.७२ प्रतिशत खर्च भएको छ । कुल बजेट खर्च भने तीन महिनामा ११.६१ प्रतिशत पुगेको महालेखाको तथ्यांक रहेको छ । तीन महिनाको अवधिमा सरकारले १६.४३ प्रतिशत राजस्व उठाउन सकेको छ ।

 
Read More
  • MBL