दैनिक ३० करोड आक्रमणबाट यसरी जोगिन्छ 'अलिपे', नेपालले पनि सिक्ने कि ?


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
दैनिक ३० करोड आक्रमणबाट यसरी जोगिन्छ 'अलिपे', नेपालले पनि सिक्ने कि ?

काठमाडौँ । पछिल्ला केही महिनामा एकपछि अर्को गर्दै नेपालको बैंकिङ क्षेत्रमा भएको साइबर हमला र ह्याकिंग आम नेपालीको टाउको दुखाइको बिषय बनेको छ । बैंकरहरु आफ्नो बैंक प्रति ग्राहकको विश्वास टुट्ने होकी भन्ने चिन्तामा छन् भने कारोबारीहरु कतै गडबडी भएर आफ्नो जीवनभरको कमाइ त लुटिने होइन भन्दै त्रसित बनेका छन् । 

बैंकका अलावा अन्य धेरै बचत तथा भुक्तानीको सेवा प्रदान गर्ने कम्पनी र मोबाइल एप समेत नेपालमा चलिरहेका छन् । राष्ट्र बैंकको स्वीकृति लिएर संचालित यस्ता संस्थाको बिश्वासनियता र कारोबारको सुरक्षाका सम्बन्धमा पनि पछिल्ला घटनाहरुले प्रसस्त प्रश्न उठेका छन् । तिनीहरुको प्रविधि कतिको आधुनिक र बिभिन्न साइबर आक्रमणसंग जुध्नसक्ने खालको हो भन्ने जिज्ञासा अहिले आम ग्राहकहरुको रहेको छ । 

नेपालमा अहिले फोन पे, आइएमई पे, प्रभु पे, सेल पे, खल्ती, र्इ–सेवा जस्ता मोबाइल एपयुक्त कम्पनीले डिजिटल कारोबार गरिरहेका छन् । स्मार्ट कार्ड नामक अर्को कम्पनी त्यस्तै सेवा शुरु गर्ने तयारीमा छ । जसले राष्ट्र बैंकबाट स्वीकृति पनि प्राप्त गरिसकेको छ । तथापी, सुरक्षा चुनौतीबारेको चिन्ता दिनप्रतिदिन बढ्दो छ । 

यस्तो अवस्थामा विश्वका ठूला डिजिटल पेमेन्ट र र्र्इ–कमर्श साइटहरुले आफुलाई कसरी सुरक्षित राखेका छन् भन्ने बुझ्नु जरुरी हुन्छ । उनीहरु कस्ता आक्रमणसंग जुधिरहेका छन् र आफुलाई कसरी विश्वासिलो र भरोसायुक्त राखिरहेका छन् भन्ने बिषय रोचक हुनसक्छ । 

विश्वको प्रमुख र्इ–कमर्श नेटवर्क अलिबाबाले अलिपे मार्फत दैनिक ५० अर्ब डलरको कारोबार गर्छ । अघिल्लो महिना कम्पनी अध्यक्षबाट अवकाश लिएका अलिबाबा ग्रुपका संस्थापक  ज्याक माले मंगलबार सिंगापुरमा आयोजित फोर्ब्स ग्लोबल सीईओ सम्मेलनमा अलिबाबाको अलिपेमा हुने साइबर आक्रमणबारे केही रोचक तथ्य सार्वजनिक गरे।

Read More
  • MBL