राष्ट्रिय वाणिज्य बैंकले बैंकिङ करियर बनाउन इच्छुकलाई तालिम दिने


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
राष्ट्रिय वाणिज्य बैंकले बैंकिङ करियर बनाउन इच्छुकलाई तालिम दिने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले युवा लक्षित  कार्यक्रम आरबीबी इम्पावरमेन्ट एकेडेमीको शुरुवात गरेको छ ।  बैंकले युवा वर्गहको लागि गर्नुपर्ने सामाजिक उत्तरदायीत्वअन्तर्गत उक्त कार्यक्रमको शुरुवात गरेको हो ।

फाईनान्सियल ट्रेनिङ्ग सेन्टरको रुपमा अगाडि लैजाने उद्देश्यले शुरु गरिएको यस एकेडेमीबाट युवावर्ग लगायत सबैले लाभ लिन सक्ने बैंकले जनाएको छ।  एकेडेमीले २०७६ कार्तिक १ गते बाट नै निःशुल्क आवेदन दिन सक्ने गरी वित्तीय क्षेत्रमा रोजगारी पाउन तिन दिने टेक्निकल, बिहेबिरल र प्राक्टिकल बैंकिङ विषयगत तयारी कक्षा संचालन गर्दैछ ।

पहिलो चरणको ट्रेनिङ्ग, प्रदेश नं। ३ अन्तर्गत स्नातक र स्नाकोत्तर डिग्री भएका कलेजका विधार्थीलाई मात्र लक्षित गरी आवेदन आव्हान गरीएको छ । वित्तीय क्षेत्रमा आफ्नो करियर बनाउन चाहने युवा विदार्थीहरुले यसबाट  लाभ लिन सक्नेछन् । वित्तीय क्षेत्रका अनुभवी बैंकरहरुद्वारा निःशुल्क रुपमा दिइने यस तालिम, बैंकको दरबारमार्गस्थित तालिम केन्द्रमा आगामी कार्तिक २२, २३ र २४ गते आयोजना हुनेछ ।

Read More
  • MBL