सहयोगी विकास बैंकका सञ्‍चालक समिति सदस्य पक्राउ


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सहयोगी विकास बैंकका सञ्‍चालक समिति सदस्य पक्राउ

सहयोगी विकास बैंक लिमिटेडका संचालक समितिका निवर्तमान  सदस्य दिपेन्द्र कुमार यादव (दिपु) लाई प्रहरीले पक्राउ गरेको छ। किर्ते जालसाजी ठगी गरेको आरोपमा फरार यादव पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।     

धनुषाका प्रहरी उपरीक्षक शेखर खनालकाअनुसार नेकपाका नेता समेत रहेका यादवलाई जनकपुरधाम ८ बलवा टोलस्थित उनकै निजी निवासबाट पक्राउ गरिएको हो।   

यादवलाई जनकपुरधाम १० का लालबाबु रौनियारको धितो राखिएको जग्गाको रकम चुक्ता फिर्ता नगरेका, जालसाजी तथा ठगी गरी बिक्री गरेको अभियोगमा धनुषा प्रहरीले पक्राउ गरेको हो ।

८ वर्षअघि रौनियारले महोत्तरीको बर्दिवास स्थित ५ कट्ठा जग्गा व्यक्तिगत रुपमा यादवकोमा धितो राखी ५० लाख रुपैयाँ ऋण लिएका थिए । केहि वर्षभित्रै सो ऋण वापत यादवलाई ७३ लाख रुपैयाँ चुक्ता गरेपनि जग्गा फिर्ता नपाएपछि जिल्ला अदालत धनुषामा मुद्दा दायर गरेका थिए ।

Read More
  • MBL - below news