पक्राउ परेका बैंक अफ काठमाण्डूका सीईओको लागि आर्थिक सहयोग जुटाउँदै बैंकर


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
पक्राउ परेका बैंक अफ काठमाण्डूका सीईओको लागि आर्थिक सहयोग जुटाउँदै बैंकर

काठमाडौं । बैंक अफ काठमाण्ड (बीओके) को कमसल जग्गा धितो प्रकरणमा पक्राउ परेका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजय श्रेष्ठका लागि कानूनी र आर्थिक सहयोग जुटाउन बैंकरहरू जुटेका छन् । 

तत्कालीन सीईओ श्रेष्ठ इमानदार हुँदाहुँदै पनि ऋणीको ठगीका कारण कानूनी फन्दामा परेको भन्दै वाणिज्य बैंकका सीईओहरूले उनको वकिल शुल्कमा आर्थिक सहयोग जुटाउने भएका हुन् ।

साथै, नेपाल बैंकर संघले बैंकिङ कसुर ऐन(२०६४ मा भएको कतिपय प्रावधानले इमानदार पनि समस्यामा पर्ने देखिएपछि त्यस्तो प्रावधान परिमार्जनका लागि दबाब दिनसमेत गृहकार्य थालेको छ।

Read More
  • MBL