शिव श्रीको आइपीओ संस्थाले पनि भर्न पाउने, कति पर्यो आवेदन ?


  • NABIL Bank Ads
  • MBL
  • Laxmi Sunrise Bank Ad
  • ADBL
शिव श्रीको आइपीओ संस्थाले पनि भर्न पाउने, कति पर्यो आवेदन ?

काठमाडौं : शिव श्री हाइड्रोपावको आइपीओमा संगठित संस्थाहरुले समेत आवेदन दिन सक्ने भएका छन । यस आइपीओमा न्यून आवेदन परेपछि संगठित संस्थाहरुले समेत भर्न पाउने व्यवस्था गरिएको हो । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार संस्थाहरुले असोज २५ गतेदेखि नै आवेदन दिन पाउने व्यवस्था गरिएको जानकारी दिएको छ । तर शनिबार र आइतबार सार्वजनिक विदा भएकाले वास्तविक रुपमा भने सोमबारबाट यसमा आवेदन दिन संस्थागत लगानीकर्तालाई सजिलो भएको छ । मेरो सेयरबाट भने विदाको दिन पनि आवेदन दिन सकिन्छ । 
 
यो आइपीओमा सोमबार ४ बजेसम्ममा ४ लाख ९० हजार ३४० कित्ताका लागि आवेदन परेको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार १० हजार १११ जना आवेदकले ४ करोड ९० लाख ३४ हजार रुपैयाँ बराबरको आवेदन दिएका छन् । यसआधारमा अझै २८ लाख ६० हजार ८०० कित्तामा आवेदन पर्न बाँकी रहेको देखिन्छ । शिव श्री हाइड्रोपावरले असोज १६ गतेबाट ३३ करोड ५१ लाख १४ हजार रुपैयाँ बराबरको आइपीओ बिक्री खुला गरेको हो ।

कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयले नकिनेको ११ लाख ३६ हजार ५४० कित्ता र सर्वसाधारणलाई छुट्याइएको २२ लाख १४ हजार ६ सय कित्ता गरी कुल ३३ लाख ५१ हजार १४० कित्ता आइपीओ बिक्री खुला गरेको हो । यसमध्ये २ लाख ६८ हजार ०९१ कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ ।चालु आर्थिक वर्षमा शिव श्री आइपीओ बिक्री गर्ने पहिलो कम्पनी हो । यो आइपीओ अब कात्तिक १५ गतेसम्म भर्न सकिनेछ ।

Read More