मिथिला लघुवित्त Mithila Laghubitta Bittiya Sanstha Limited ले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज २६ गते बसेको संचालक समितिको बैठकले आर्थिक बर्ष ७५/७६ सम्मको मुनाफाबाट लगानीकर्तालाई वितरण गरिने लाभांश प्रस्ताव गरेको हो ।
जस अनुसार कम्पनीले १५ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनको लागि ०.७८९४७४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।
हाल कम्पनीको चुक्ता पुंजी १० करोड ५८ लाख ६१ हजार ६ सय २ रुपैयाँ रहेको छ ।