बेष्ट फाइनान्सको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त



Artha Sarokar

काठमाडौं - बेष्ट फाइनान्स कम्पनीले सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । अब यस संस्थाको सेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कामहरु प्रभु क्यापिटलबाट हुने कम्पनीले जनाएको छ ।
कम्पनीले कात्तिक १ गतेदेखि लागू हुने गरी काठमाडौंको कमलादीमा रहेको प्रभु क्यापिटललाई सेयर रजिष्टारमा नियुक्त गरेको हो । अब यस संस्थाको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कामहरु प्रभु क्यापिटल मार्फत हुने छ ।

Read More
  • Financial Notices