नेपालमा मौज्दात भारु ५ करोडको सटही सम्बन्धमा पहल गर्न भारतसंग अनुरोध


Karobar Daily 2076-6-20


Karobar Daily

अर्थमन्त्री डा. युवराज खतिवडाले भारत सरकारले भारु ५ सय र १ हजारका नोट प्रचलनमा बन्देज लगाउनु भन्दा पहिले नेपालमा मौज्दात भारु ५ करोडको सटही सम्बन्धमा देखिएको समस्या समाधानकालागि पहल गर्न भारत सरकारसंग अनुरोध गरेका छन् ।

भारतमा भइरहेको विश्व आर्थिक मञ्चको कार्यक्रममा सहभागी हुन आएको अवसरमा अर्थमन्त्री खतिवडा र भारत सरकारका वित्तमन्त्री श्रीमती निर्मला सितारमणबीच भारतको वित्त मन्त्रालयमा शिष्टाचार भेटका अवसरमा खतिवडाले भारतबाट नेपालतर्फ जाने व्यक्तिहरुले आपूmसँग लैजानपाउने ठुला दरका भारु नोटहरु फर्काउने सम्बन्धमा द्धिविधा भएकाले त्यसलाई स्पष्ट हुने गरी आवश्यक सुचना जारी गरिदिन समेत अनुरोध गरेका छन् ।

अर्थमन्त्री डा. खतिवडाले पछिल्लो आर्थिक स्थिति, लगानीको वातावरण तथा राजस्वका क्षेत्रमाभएका सुधारका प्रयास, द्विपक्षीय व्यापार, वाणिज्य सन्धिलगायतका विषयमा समेत छलफल गरेको अर्थमन्त्रलयले जनाएको छ । नेपालको वैदेशिक व्यापारको दुईतिहाई हिस्सा भारतसँग भएको उल्लेख गर्दै अर्थमन्त्रीले बढ्दो व्यापार घाटा सम्बोधन गर्न भारत सरकारबाट पनि सहयोग प्राप्त हुने अपेक्षा गरे ।

Read More
  • Financial Notices