नेपाल बैंकका नवनियुक्त सीईओ अधिकारीद्वारा शपथ ग्रहण


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
नेपाल बैंकका नवनियुक्त सीईओ अधिकारीद्वारा शपथ ग्रहण

काठमाण्डौ । नेपाल बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर अधिकारी पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

नेपाल बैंक लिमिटेड संचालक समितिका अध्यक्ष वासुदेव अधिकारीले प्रधान कार्यालयमा आयोजित एक विशेष समारोहबीच सीईओ अधिकारीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । वि.सं. २०२७ मा लमजुङ बेसीसहरको भकुण्डेमा माता शिरमाया अधिकारी र पिता स्व. चन्द्रबहादुरका ज्येष्ठ सुपुत्रका रुपमा जन्मिएका अधिकारीले त्रिविविबाट एमबीए र पूर्वान्चल विश्वविद्यालयबाट ईएमबीएको शैक्षिक योग्यता हासिल गरेका छन् ।

नेपाल बैंकमा २०६१ मा सेवा प्रवेश गरी विभिन्न महत्वपूर्ण जिम्मेवारी अनुभव सँगाली अधिकारी विगत ६ महिनायता कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका थिए। अधिकारीलाई गत असोज ११ गते बैंक सञ्चालक समितिको बैठकले सीईओमा छनोट गर्ने निर्णय गरेको थियो । यो पदमा १४ जना आकांक्षीहरुले आवेदन दिएका थिए ।

...

Read More
  • EBL Ad news